National life

नेप्सेमा सूचीकृत यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ पुस २०८२, बिहिबार
961Shares
नेप्सेमा सूचीकृत यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म सेयर खरिद गरी नाम दर्ता गराएका लगानीकर्ताहरूले मात्र यी कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित कम्पनीहरूले पुस १८, १९ र २० गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांशका लागि योग्य हुनेछन् ।

Royal Enfield
nic asia capital

आज लाभांश सुरक्षित हुने कम्पनीहरू

नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, कालिका पावर, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड इदीमार्दी एण्ड आरवि, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, हिमालयन लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स तथा मेरो माइक्रोफाइनान्स रहेका छन् ।

कुन कम्पनीले कति लाभांश दिँदैछन् ?

नेपाल टेलिकम : कम्पनीले प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स : हाल कायम ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्तापूँजीको १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : कम्पनीले चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स : आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।

कालिका पावर: चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने घोषणा छ ।

अपि पावर : सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरिएको छ ।

अरुण भ्याली हाइड्रो : कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्नेछ ।

युनाइटेड इदीमार्दी एण्ड आरवि: चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।

स्वरोजगार लघुवित्त : संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

समता घरेलु लघुवित्त: चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश सहित कुल ५.६३२ प्रतिशत लाभांश घोषणा गरिएको छ ।

ग्लोबल आईएमई लघुवित्त: संस्थाले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

हिमालयन लघुवित्त : ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश सहित कुल ७ प्रतिशत लाभांश दिने निर्णय भएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: कम्पनीले चुक्तापूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।

मेरो माइक्रोफाइनान्स : संस्थाले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?