National life

नेप्सेमा १५ मिनेटको औसत मूल्य गणना हटाउन तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८२, शनिबार
951Shares
नेप्सेमा १५ मिनेटको औसत मूल्य गणना हटाउन तयारी
ncell

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समयावधि हटाउन निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनपछि सेबोनले शनिबार नै सञ्चालक समितिको बैठक बसालेर करिब ६ महिनाअघि लागू गरिएको उक्त निर्णय उल्टाउने तयारी गरेको हो ।

हालै सेयर बजार लगातार ओरालो लागिरहेको अवस्थामा लगानीकर्ता र ब्रोकरहरूले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए । जेन–जी आन्दोलनपछि बिहीबार खुलेको बजारमा लगातार तीनपटक नकरात्मक सर्किट लागेपछि यो माग अझ तीव्र बनेको हो ।

Royal Enfield
nic asia capital
त्यसै दिन नेप्से १६० अंकले घटेपछि केही लगानीकर्ताले सेबोन कार्यालयमै घेराउसमेत गरेका थिए ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधन गरी करिब ६ महिनाअघि यो व्यवस्था लागू गरिएको थियो । उक्त व्यवस्थाअनुसार दिउँसो २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिन्थ्यो । खराब वित्तीय अवस्थामा रहेका कम्पनीको सेयर अन्तिम समयमा अस्वभाविक रूपमा बढ्ने प्रवृत्ति रोक्नका लागि यसरी औसत मूल्य गणना गर्ने प्रावधान ल्याइएको थियो ।

तर, लगानीकर्ताले यो विधिले बजारलाई झनै प्रभावित गरेको भन्दै हटाउन दबाब दिइरहेका थिए । अर्थमन्त्री खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले क्लोजिङ प्राइस निर्धारणको वर्तमान पद्धति हटाउने प्रस्ताव सेबोनमा पठाइसकेका छन् ।

सेबोन र नेप्से दुवै पक्षले लगानीकर्ताको मागलाई सम्बोधन गर्ने संकेत दिँदै यसबारे अन्तिम निर्णय शनिबारको सञ्चालक समिति बैठकले गर्ने तयारी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
951SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?