National life

नेप्सेमा ६० करोड भन्दा बढी धितोपत्र सूचीकृत, सात नयाँ कम्पनीको आईपीओ दोस्रो बजारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
562Shares
नेप्सेमा ६० करोड भन्दा बढी धितोपत्र सूचीकृत, सात नयाँ कम्पनीको आईपीओ दोस्रो बजारमा
ncell

काठमाडौँ । कात्तिक महिनामा कुल ६० करोड ४४ लाख ५ हजार ७३४ कित्ता धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। यसमा ६ करोड २४ लाख २ हजार ६४० कित्ता आईपीओ, ७० लाख कित्ता ऋणपत्र, ५६ लाख २५ हजार ६६४ कित्ता बोनस शेयर, २ करोड ९३ लाख ७७ हजार ४३० दशमलव २४ कित्ता हकप्रद शेयर र अन्य ५० करोड इकाई धितोपत्र समावेश छन्।

नेप्से कर्मचारी आन्दोलनका कारण विगत केही महिनासम्म धितोपत्र सूचीकरण प्रक्रिया स्थगित भएको थियो। कात्तिक महिनामा कर्मचारी आन्दोलन फिर्ता लिएसँगै सूचीकरण प्रक्रिया पुनः सक्रिय भएको हो।

Royal Enfield
nic asia capital
यसै महिना सात नयाँ कम्पनीले आईपीओ जारी गर्दै दोस्रो बजारमा सूचीकृत भएका छन्। ती कम्पनीहरू हुन्: माबिलुङ्ग इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, स्वस्तिक लघुवित्त, बन्दीपुर केवलकार र झापा इनर्जी।

त्यस्तै, नेपाल एसबिआई बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नबिल बैंकले जारी गरेका ऋणपत्रहरू पनि यसै महिनामा सूचीकरण भएका छन्। बोनस शेयरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र एनएलजी इन्स्योरेन्स, तथा हकप्रद शेयरमा पिपुल्स पावर, नेपाल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर सूचीकृत भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?