National life

नेप्से ओरालो, कारोबार रकम ७ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२१ माघ २०८२, बुधबार
1.1kShares
नेप्से ओरालो, कारोबार रकम ७ अर्बमा सीमित
ncell

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ। नेप्से आज १.६४ अंकले घटेर २,६८१.५० विन्दुमा बन्द भएको हो।

Royal Enfield
nic asia capital

आज १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर कारोबार भएका छन्, जसको कुल मूल्य ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ।

आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्यमा गिरावट देखिएको छ। १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बजारमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युतमा भएको छ, आँखु खोलाको करिब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?