National life

नेप्से ओरालो लाग्ने क्रम आज पनि जारी, अरुण भ्याली हाइड्रो अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
932Shares
नेप्से ओरालो लाग्ने क्रम आज पनि जारी, अरुण भ्याली हाइड्रो अग्रस्थानमा
ncell

काठमाडौं। नेप्से परिसूचकमा निरन्तर गिरावट जारी छ। मंगलबार सेयर बजार घटेर २६६२.१४ अंक विन्दुमा आइपुगेको छ। आज नेप्सेमा १०.२५ अंकको गिरावट देखाएको हो।

Royal Enfield
nic asia capital

आज बजारमा करिब २ करोड १७ लाख १५ हजार कित्ता सेयर ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरमा कारोबार भएका छन्। विवरण अनुसार, ७४ कम्पनीको सेयर मूल्य बढ्दा, १७९ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरमा भएको छ, जहाँ आज ४५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, आँखुखोला जलविद्युतमा ४० करोड ७९ लाख, रिडी पावरमा ३८ करोड ८६ लाख, युनियन हाइड्रोपावरमा ३२ करोड ६० लाख, र अरुण काबेली पावरमा ३२ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?