काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार हरियाली देखिएको छ । यससँगै नेप्सेले एक सातासम्म निरन्तर बढ्ने क्रमलाई कायम राख्न सफल भएको छ। बैंकहरूले शेयर धितो कर्जामा लागू हुने ब्याजदरका आधारदर घटाउन थालेपछि लगानीकर्तामा सकारात्मक धारणा बनेको विश्लेषकहरूको बुझाइ छ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेर २,६७६.०३ बिन्दु मा पुगेको छ।
बजारका १३ उपसूचक मध्ये ८ उपसूचकमा हरियाली देखिएको छ। वाणिज्य बैंक समूह १.४७ प्रतिशत, विकास बैंक समूह ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३३ प्रतिशत, हाइड्रोपावर समूह ०.०१ प्रतिशत, तथा इन्भेष्टमेन्ट समूह ०.७२ प्रतिशतले उकालो लागेका छन्।
यसदिन १३१ कम्पनीको शेयर मूल्य बढेको, १२१ कम्पनीको घटेको, तथा ६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। सप्ताहभर बजारमा देखिएको निरन्तर सुधारले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ।
उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४० करोड १७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १६ करोड ३६ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

































