National life
cg eloctronics

नोबेलको घोषणा : वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान, देशविदेशका स्वास्थ्य अनुसन्धानकर्ताले आवेदन दिन सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.4kShares
नोबेलको घोषणा : वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान, देशविदेशका स्वास्थ्य अनुसन्धानकर्ताले आवेदन दिन सक्ने
ncell

विराटनगर । देशकै अग्रणी शिक्षण अस्पतालमध्ये एक नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षाको क्षेत्रमा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान स्थापना गरेको छ।

अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित नोबेलले अनुसन्धान इकाई (Research Unit) स्थापना गरी अनुदानको व्यवस्था गरेको हो।

मिति २०८२ कार्तिक २६ गते, कलेजका सञ्चालक डा.सुनिल कुमार शर्मा र उहाँकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रूपमा उक्त अनुसन्धान इकाईको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोर्ड सल्लाहकार सोइना शर्मा, कलेजका पदाधिकारी, विभिन्न विभागका फ्याकल्टी सदस्य, अनुसन्धान इकाईका प्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा.डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेजले स्वास्थ्य सेवा र शिक्षामा उल्लेखनीय प्रगति हासिल गरिसकेको बताउँदै, अब चिकित्सा क्षेत्रका तथ्यपरक अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउन यो कदम महत्वपूर्ण हुने बताए। उहाँले अनुसन्धान इकाई स्थापना र अनुदानको पहलका लागि डा. शर्मा र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभयो।

नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरञ्जन कुमारले विश्वव्यापी रूपमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी अनुसन्धान हुने उल्लेख गर्दै, नेपालमा पनि अनुसन्धानलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताए।

त्यसैगरी प्रमुख कार्यकारी अधिकारी प्रा.डा. रामहरी घिमिरेले अनुसन्धानहरू तथ्यपरक र परिणाममुखी हुनुपर्नेमा जोड दिँदै, चिकित्सा क्षेत्रमा ठोस योगदान दिने अनुसन्धानलाई प्राथमिकता दिइने बताए।

कार्यक्रमका क्रममा प्राचार्य प्रा.डा. राजेश नेपालले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदानको औपचारिक घोषणा गर्दै भने, “नोबेलले वार्षिक रूपमा छवटा आन्तरिक (संस्थाभित्रका) र दुईवटा अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनालाई अनुदान उपलब्ध गराउनेछ।”

उनका अनुसार, नोबेलमा कार्यरत चिकित्सक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूको तीन टोली र नोबेलबाहिरका तीन टोलीले यस अनुदानका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्। आवेदन प्रक्रिया अनुसन्धान इकाईको कार्यविधि अनुसार अघि बढाइनेछ।

कार्यक्रमको समापन गर्दै प्रा.डा. विश्वनाथ अधिकारीले अनुसन्धान संस्कृतिको विकास र ज्ञान सृजनामा नोबेलको यो पहल ऐतिहासिक कदम भएको उल्लेख गरे। श्रोतका अनुसार, प्राइभेट मेडिकल कलेजहरूले पहिलोपटक यस्तो वार्षिक अनुसन्धान अनुदानको व्यवस्था गरेका छन्।

नोबेल मेडिकल कलेजले यसअघि पनि दुरदराजका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, विपन्न बिरामीको निःशुल्क उपचार, र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस लगायतका कोर्षमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। डा.शर्मा नेतृत्वको संस्थाले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?