National life

नोभेम्बरमा १ लाख १६ हजार विदेशी पर्यटक नेपाल प्रवेश, पर्यटन वृद्धिमा उत्साहजनक बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ मंसिर २०८२, मङ्गलबार
451Shares
नोभेम्बरमा १ लाख १६ हजार विदेशी पर्यटक नेपाल प्रवेश, पर्यटन वृद्धिमा उत्साहजनक बढोत्तरी
ncell

काठमाडौँ। सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार, पर्यटक आगमनमा यस महिनामा उल्लेखनीय वृद्धि देखिएको छ।

देशमा आगमन गर्ने प्रमुख पर्यटक मुलुकहरूमध्ये सबैभन्दा बढी भारतबाट १८ हजार ९९५, संयुक्त राज्य अमेरिका ११ हजार २५४, चीन ७ हजार ८७१, बेलायत ७ हजार १८९, बंगलादेश ५ हजार ६५३, अष्ट्रेलिया ५ हजार ३९३, श्रीलंका ४ हजार ८३१, म्यानमार ४ हजार ४८४, फ्रान्स ४ हजार २१२ र जर्मनी ४ हजार १३४ पर्यटक रहेका छन्।

क्षेत्रगत वितरण अनुसार, दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, अन्य एसियाली मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिका क्षेत्रबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक नेपाल प्रवेश गरेका छन्।

Royal Enfield
nic asia capital

यस वर्ष जनवरीदेखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन मुख्य पर्यटकीय मौसमको महीना मानिन्छ।

साथै, सेप्टेम्बरमा ७८ हजार र अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल प्रवेश गरेका थिए। पर्यटन बोर्डका अनुसार, यो वर्ष पर्यटक आगमनमा निरन्तर वृद्धिदेखिएको छ, जसले नेपालको पर्यटन क्षेत्रलाई मजबुत बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?