National life

न्युरोडमा फुटपाथ विस्तारको विरोधसँगै सडकबाटै नागरिकको काम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
492Shares
न्युरोडमा फुटपाथ विस्तारको विरोधसँगै सडकबाटै नागरिकको काम
ncell

काठमाडौँ । न्युरोडमा हुन लागेको फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि विरोध जनाउँदै सडकबाटै नागरिकलाई सेवा दिएको छ ।

विरोधका लागि फुटपाथ बिस्तार क्षेत्रमै पुगेका वडाध्यक्ष चिनीकाजी महर्जन सहितको टोलीले आइतबारदेखि वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हो। वडाध्यक्ष महर्जन उक्त कार्यलाई आज पनि निरन्तरता दिएका छन्।

‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ।

Royal Enfield
nic asia capital
यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन। समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ,’ वडाध्यक्ष महर्जनले भने

उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन्। स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थन जनाउँदै सडक आन्दोलनमा सरिक भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?