National life

पं.नवराज शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० जेठ २०८१, आइतबार
485Shares
पं.नवराज शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
ncell

काठमाडौं । नवराज पौडेलको १ सय ४ औं जन्म जयन्ती तथा पं.नवराज शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा, पं.नवराज शारदा स्मृति समाजले बिभिन्न धार्मिक सांस्कृतिक कार्यक्रम गरि मनाइएको छ । “समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ समय सापेक्ष हाम्रा विविध संस्कारहरु तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट यथासक्य शिक्षा क्षेत्रमा योगदान पुर्याउने उधेश्यकासाथ यो संस्था स्थापना भएको हो ।”

Royal Enfield
nic asia capital

पाँचजना बटुकहरुद्वारा स्वस्ती वाचन तथा प्रमुख अतिथि बानेश्वर भिमसेनगोला वडा नं ३१ का वडाअद्यक्ष सरोज ढकालले पानसमा दीप प्रज्वलन तथा पं.नवराज पौडेल तथा शारदा देवी पौडेल ज्यूको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरे । पं. नवराज शारदा स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताएका छन्। साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गरेका छन् ।

कार्यक्रममा संस्थाका सदस्य पदाधिकारी, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष उक्त संस्थाले रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालय बानेश्वरमा अध्यनरत असहाय, अनाथ, गरिव, जेहेन्दार विधार्थीहरुका लागी आवश्यक स्टेश्नरीका सामानहरु उपलब्ध गराईरहेको छ, उक्त अवसरमा हाम्रा धार्मिक संस्कार र संस्कृति सम्बन्धि सामुहिक छलफल तथा अन्र्तरक्रिया समेत गरिएको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?