National life

पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
1.1kShares
पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ। पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको हो।

माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौँ, धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ।

Royal Enfield
nic asia capital
त्यसैगरी, सभा अवधिभर कम्पनीको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु समेत अनुमोदन गरिनेछन्।

कम्पनीले आईपीओ प्रक्रिया अघि बढाउन सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

पशुपति भेन्चर लिमिटेड एक लगानी कम्पनी हो र विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर परियोजनामा लगानी गर्दै आएको छ। कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड जस्ता परियोजनाहरुले विद्युत उत्पादन गर्दै आइरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?