National life

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.1kShares
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान सुरु
ncell

काठमाडौँ। पश्चिम एसियामा चर्किँदै गएको तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा आवागमन सहज बनाउन सरकारले आजदेखि विशेष उडान सुरु गर्ने निर्णय गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा बिहीबार बसेको उच्चस्तरीय बैठकले अप्रिल ३ देखि ५ तारिखसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।

यसअघि, पश्चिम एसियामा उत्पन्न अस्थिरताका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू रोकिएका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै नेपालीहरूलाई सहयोग पुर्‍याउन मन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान तालिका सार्वजनिक गरेको छ।

Royal Enfield
nic asia capital

सार्वजनिक तालिका अनुसार,आज ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे) उडान रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?