काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन सुरु भएको छ।
गत शुक्रबार पहिरो खसेसँगै सडक पूर्ण अवरुद्ध भएको थियो। दुवै तर्फबाट मेसिन प्रयोग गरी आज बिहान करिब ४ बजेदेखि पहिरो हटाउने कार्य सुरु गरिएको थियो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार अपराह्न सवा ४ बजेदेखि राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।


































