National life

पहिलो त्रैमासिक अवधिमा प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
412Shares
पहिलो त्रैमासिक अवधिमा प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन- असोज)मा संघीय सरकारबाट प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड रुपैयाँ बराबर राजस्व बाँडफाँट भएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा ११.८ प्रतिशत धेरै हो । गत आवमा असोजसम्म ३० अर्ब ८३ करोड राजस्व बाँडफाँट भएको थियो ।

Royal Enfield
nic asia capital

प्रदेश र स्थानीय तहमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क मात्र बाँडफाँट गरिन्छ । यो अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक तर्फको अन्तशुल्क दुवैमा वृद्धि भएका कारण प्रदेश र स्थानीय तहमा बाँडफाँट मार्फत जाने रकम समेत बढेको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?