काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। पाँच दिन लगातार हरियाली देखिएको बजारमा आज फेरि मूल्य घट्दा लगानीकर्तामा अन्यौलता सृजना भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा लगानीकर्ताहरू “पर्ख र हेर”को अवस्थामा रहेको बुझिएको छ। यसैबीच, सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ भने नियामक निकाय पनि पुँजी बजार सुधारमा सक्रिय बनेको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेर २,६४९.५२ बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन ११ उपसूचक राताम्य भएका छन्। समूहगत रूपमा आजको शेयर मूल्य घटबढ यस प्रकार छ:
-
वाणिज्य बैंक समूह: १.०८% घट्यो
विकास बैंक समूह: १.०९% घट्यो
फाइनान्स समूह: ०.८३% घट्यो
होटल तथा पर्यटन समूह: ०.२९% घट्यो
हाइड्रोपावर समूह: १.३१% घट्यो
त्यस्तै उक्त दिन ग्रिन भेन्चर्सको २१ करोड ३५ लाख ७८ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड २४ लाख ११ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ६५ लाख १ हजार रुपैयाँको कारोबार भएको हो ।

































