National life

पाँच महिनामा ४ खर्बभन्दा बढी राजश्व, लक्ष्यको ७८ प्रतिशत संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ पुस २०८२, मङ्गलबार
807Shares
पाँच महिनामा ४ खर्बभन्दा बढी राजश्व, लक्ष्यको ७८ प्रतिशत संकलन
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड, गैरकर राजश्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको हो। यो संकलन वार्षिक लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ।

Royal Enfield
nic asia capital
प्रतिकूल आर्थिक परिस्थितिका बीच पनि राजश्व वृद्धिदर सकारात्मक रहनु उत्साहजनक भएको अर्थ मन्त्रालयले जनाएको छ। आयकरतर्फ भने ८ प्रतिशतले नकारात्मक वृद्धि देखिएको छ।

हाल घरजग्गाको कित्ताकाट खुलिसकेको र शेयर बजारमा पनि सुधारको संकेत देखिन थालेकाले आगामी महिनामा राजश्व संकलनमा सुधार आउने अर्थ मन्त्रालयको विश्वास छ। त्यसैगरी, आसन्न निर्वाचन खर्च र पुनर्निर्माणका गतिविधि तीव्र हुँदा आर्थिक चलायमानता बढ्ने र राजश्व लक्ष्य पूरा गर्न सहयोग पुग्ने मन्त्रालयको अनुमान छ।

यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?