National life

पुँजीबजार सुधारको मागसहित लगानीकर्ताले बुझाए अर्थमन्त्रीलाई ज्ञापन पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
493Shares
पुँजीबजार सुधारको मागसहित लगानीकर्ताले बुझाए अर्थमन्त्रीलाई ज्ञापन पत्र
ncell

काठमाडौं – शेयर लगानीकर्ताहरूले आज अर्थमन्त्री डा. रामेश्वर खनाललाई पुँजीबजार सुधारको मागसहित ज्ञापन पत्र बुझाएका छन्। लगानीकर्ताहरूले हालको पुँजीबजारको अवस्था र दीर्घकालीन विकासका लागि आवश्यक कदम चाल्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्र पुँजीबजारका वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीले गभर्नरको उपस्थितिमा बुझाएका हुन्।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थालाई दोस्रोबजारमा सहज कारोबार गर्न अनुमति दिन, पुँजीगत लाभकर कम गर्ने, पुँजीगत लाभकर अन्तिम हो भन्ने प्रष्टिकरण ऐनमार्फत सुनिश्चित गर्न, व्यक्तिगत शेयर धितोकर्जाको सीमा पूर्ण रूपमा हटाउन, लघुवित्तको लाभांशको सीमा खुला गर्न, बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानी सीमा परिमार्जन गर्न, बैंकले प्रदान गर्ने शेयर धितो कर्जाको सीमा बढाउन, एनआरएनलाई पुँजीबजार भित्र्याउन नीति संशोधन गर्न र धितोपत्र बोर्डलाई स्वायत्तता प्रदान गर्न माग गरिएको छ।

Royal Enfield
nic asia capital

त्यसैगरी, लगानीकर्ताले दीर्घकालीन पुँजीगत लाभकर ३ प्रतिशत र अल्पकालीन पुँजीगत लाभकर ५ प्रतिशत कायम गर्न पनि माग गरेका छन्। ज्ञापनपत्र बुझाउने क्रममा लगानीकर्ताहरूले पुँजीबजारको दिगो विकास, लगानीकर्ताको विश्वास सुनिश्चित गर्न र नेपाल आर्थिक संरचनामा लगानी प्रवाहलाई प्रवर्द्धन गर्न सुझाव पेश गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?