काठमाडौँ । अघिल्लो दिन (मंगलबार) सुधार देखिएको पुँजी बजार आज दोहोरो अंकले गिरावट आएको छ। बजारमा आएको निरनतर गिरावटले लगानीकर्तालाई निराश बनाएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७८ अकंले घटेर २५४३.३७ बिन्दुमा कायम भएको छ।
आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो।
साथै, आज १२ उपसूचकमा राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले शेयर मूल्य घटेको हो।
आज घटेको बजामा समेत भुगोल इनर्जी डेभलपमेन्ट, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
































