National life

पुँजी बजारमा भारी गिरावट, नेप्से ७८ अंकले ओरालो लाग्दा लगानीकर्ता निराश

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1.1kShares
पुँजी बजारमा भारी गिरावट, नेप्से ७८ अंकले ओरालो लाग्दा लगानीकर्ता निराश
ncell

काठमाडौँ । पुँजी बजारमा आज भारी गिरावट देखिएको छ। गत बिहिबार बजार दोहोरो अंकले बढेर सकारात्मक सर्किटसम्म पुगेको बजारमा आइतबार फेरि पहिरो गएको हो। बजार घट्दा लगानीकर्ताले अर्बौं रुपैयाँको लगानी गुमाएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital
आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सबै १३ उपसूचक राताम्य देखिएका छन्।

आजको कारोबारमा सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समूहमा देखिएको छ, जहाँ शेयर मूल्य ४.८४ प्रतिशतले घटेको छ। त्यसैगरी, वाणिज्य बैंक समूह २.३० प्रतिशत, विकास बैंक समूह २.९३ प्रतिशत र फाइनान्स समूह ३.६७ प्रतिशतले मूल्य घटेको छ।

बजार सुधारका लागि केन्द्रीय बैंकले गरेको नीतिगत सुधार र बैंकहरूको लगानी क्षमता वृद्धि, शेयर धितो कर्जामा सीमा हटाउने तथा दोस्रो बजारमा लगानी सहज बनाउने निर्णय दीर्घकालीन रूपमा लाभदायक देखिए पनि तत्काल बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन।

विशेषज्ञहरूका अनुसार, बजारमा सुरुवातदेखि नै भारी गिरावट हुँदा लगानीकर्ताले आत्तिएर शेयर बिक्री गरेपछि बजार अझ ओरालो लागेको हो। यसले छोटो अवधिमा लगानीकर्तामा आर्थिक क्षति र मनोबलमा गिरावट ल्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?