National life

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1KShares
पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ
ncell

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा भेप (इ–सिगरेट) मार्फत गरिएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार विज्ञप्ति जारी गर्दै महरालाई सुन तस्करीसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको पुष्टि गरेको हो।

ब्युरोका अनुसार २०७९ सालमा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महरा संलग्न रहेको देखिएको छ। सोही विषयमा अनुसन्धान जारी राख्न उनलाई नियन्त्रणमा लिइएको हो।

Royal Enfield
nic asia capital

यसअघि पनि महरालाई २०७८ चैत महिनामा सोही मुद्दामा प्रहरी नियन्त्रणमा लिएर बयान लिइएको थियो। अनुसन्धानका क्रममा महराले उक्त सुन छुटाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकारीहरूलाई पटक–पटक दबाब दिएको प्रमाण भेटिएको प्रहरीले दाबी गरेको छ।

CIB ले महराविरुद्ध सुन तस्करी तथा संगठित अपराध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?