National life

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
1.1kShares
पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर
ncell

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । अधिकारी राप्रपाको मुख्यसचिव समेत हुन् ।

अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी China CAMC Engineering Co.

Royal Enfield
nic asia capital
Ltd. तथा परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको छ।

पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा भएको इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (EPC) मोडलको सम्झौतामा परामर्शदाताका लागि २८ लाख अमेरिकी डलर (Provisional Sum) पहिल्यै सुरक्षित गरिएको अख्तियारले जनाएको छ ।

तर, प्राधिकरणका उच्च अधिकारीहरूले उक्त बजेटबाट खर्च नगरी, राज्यलाई थप भार पर्ने गरी प्राधिकरणको छुट्टै आन्तरिक स्रोतबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रूपैयाँको लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गराएको देखिएको अभियोगपत्रमा उल्लेख छ । ठेक्का सम्झौताको सर्तविपरीत राष्ट्रिय स्तरको मात्र प्रतिस्पर्धा गराई परामर्शदाता नियुक्त गरेर राज्यको सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

चिनियाँ ठेकेदार कम्पनी (China CAMC) ले गर्नुपर्ने कामहरूमा पनि लागत बढाउनका लागि मूल्य तालिकामा फेरबदल गरिएको थियो । इन्जिनियरिङ डिजाइनमा परिमाण घटेका सामानहरूको मूल्य नघटाई र थप सामानहरूको मूल्य अस्वाभाविक रूपमा बढाई भुक्तानी लिइएको अनुसन्धानबाट खुलेको छ।

पोखरा विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकिरहेका बेला निर्माण प्रक्रियामा भएको यो ठूलो भ्रष्टाचार काण्ड बाहिर आएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?