National life
cg eloctronics

प्रचण्डको चरित्रहत्या गरेको आरोपमा पूर्व एआईजी सुवेदीमाथि साइबर उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असोज २०८२, सोमबार
1.2kShares
प्रचण्डको चरित्रहत्या गरेको आरोपमा पूर्व एआईजी सुवेदीमाथि साइबर उजुरी
ncell

काठमाडौँ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।

नेकपा (माओवादी केन्द्र) का संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट हिजो दर्ता गरिएको उजुरीमा सुवेदीले सामाजिक सञ्जालमार्फत “प्रचण्डको निवासबाट घर जलाउनु अघि दुई दिनमै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको” भन्ने पूर्ण रूपमा भ्रामक र तथ्यहीन प्रचार गरेको आरोप लगाइएको छ।

सचिवालयका अनुसार सुवेदीले डिजिटल माध्यम प्रयोग गरी झुटा जानकारी फैलाएर भ्रम सिर्जना गर्नुका साथै पार्टी नेतृत्वको चरित्र हत्या गर्ने प्रयास गरेका छन्। उजुरीमा सुवेदीका यस्ता गतिविधि विद्यमान साइबर कानुन विपरीत भएको उल्लेख गर्दै, घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साइबर ब्यूरोका एक स्रोतका अनुसार उजुरी दर्ता भइसकेको र प्रारम्भिक अध्ययनपछि अनुसन्धान प्रक्रिया अघि बढाइने तयारी भइरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?