National life

प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेको अवरोध, ओली र लेखकलाई रिहा गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1KShares
प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेको अवरोध, ओली र लेखकलाई रिहा गर्न माग
ncell

काठमाडौं। प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि सुरु भएको छ, तर बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले अवरोध सिर्जना गरेका छन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को नयाँ अधिवेशन सुरु भएको हो। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बसेको थियो।

बैठक सुरु हुने बित्तिकै एमाले सांसद गुरु बराल उठेर विरोधमा उत्रिएका थिए।

Royal Enfield
nic asia capital
उनको भनाइ सुन्न सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्ने अनुमति दिएका थिए।

सांसद बरालले आफ्नो वक्तव्यमा संविधानको उल्लङ्घन भएको र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत कानुनी प्रावधान प्रयोग गरेर बन्दी बनाइएको बताएका छन्।

उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय हो । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ।’

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?