National life

प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, कति भए दर्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१० मंसिर २०८२, बुधबार
477Shares
प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, कति भए दर्ता ?
ncell

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल दर्ता प्रक्रिया आज (१० मंसिर) अन्तिम दिन रहेको छ। दल दर्ता प्रक्रिया १ मंसिरबाट खुलेको थियो र अहिलेसम्म ८० वटा दलले दर्ता गरिसकेका छन्।

यस म्यादभित्र दर्ता गरेका दलहरूले मात्रै आगामी निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचन प्रणाली अनुसार पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता माघ ६ गते हुने छ।

Royal Enfield
nic asia capital
सोही दिन बेलुकी उम्मेदवारको प्रारम्भिक सूची पनि प्रकाशन गरिने भएको छ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अन्तिम म्याद माघ ७ गते तोकिएको छ। ८ माघमा ती उजुरीहरू तथा दर्ता भएका पत्रहरूको जाँचबुझ गरी निर्णय गरिनेछ र पुनः उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

त्यस्तै, ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम सूची प्रकाशनसँगै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। यो प्रक्रिया निर्वाचनको पारदर्शिता र सहजता सुनिश्चित गर्न डिजाइन गरिएको आयोगको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?