National life

प्रतिनिधिसभा निर्वाचनः देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
774Shares
प्रतिनिधिसभा निर्वाचनः देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
ncell

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जानकारी दिएका हुन्।

उनका अनुसार देशभर ३ हजार ४८७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए, जसमध्ये तोकिएको अवधिभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए।

Royal Enfield
nic asia capital
दर्ता उम्मेदवारमध्ये ३९६ जना महिला, ३,०९० जना पुरुष र १ जना अन्य रहेका छन्।

प्रवक्ता भट्टराईले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जानकारी दिए। साथै, समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूको नामावली प्रकाशन, दावी–विरोध संकलन, समानुपातिकतर्फको मतपत्र छपाइ तथा मतदाता नामावली छपाइलगायतका कार्यहरू सञ्चालन भइसकेको बताए।

उनले भने, “माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता, उम्मेदवार उपर दावी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्तालगायतका सबै प्रक्रिया सम्पन्न भएका छन्।”

साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरूको नाम प्रकाशन, दावी–विरोध संकलन, मतपत्र छपाइ र मतदाता नामावली छपाइका कार्यहरू समेत निरन्तर रूपमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?