National life

प्रतिनिधिसभा निर्वाचनः ६४ दलले समानुपातिकतर्फ बन्दसूची आयोगमा पेश

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ पुस २०८२, बुधबार
822Shares
प्रतिनिधिसभा निर्वाचनः ६४ दलले समानुपातिकतर्फ बन्दसूची आयोगमा पेश
ncell

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन्। आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नै निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी सूची दर्ता गराएका छन् भने १० वटा दलले चार वटा एकल निर्वाचन चिन्ह प्रयोग गर्ने गरी बन्दसूची बुझाएका छन्।

नेपालको संविधानअनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना गरी कुल २७५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

यसैबीच, निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने आवश्यक कागजपत्रको विवरण सार्वजनिक गरेको छ।

Royal Enfield
nic asia capital
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेस गर्नुपर्नेछ।

त्यसैगरी, उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले भने सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पेस गर्नुपर्नेछ।

उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर नम्बर, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुनबमोजिम अयोग्य नभएको स्वघोषणापत्र तथा कुनै लाभको पदमा नरहेको घोषणा पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ। यदि उम्मेदवार कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ता प्रमाण पनि आवश्यक हुनेछ।

यसका साथै, उम्मेदवार स्वयं वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट हस्ताक्षर गरिएको मनोनयनपत्र पेस गर्नुपर्नेछ। २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भई पछि फिर्ता लिएको भए सोसम्बन्धी कागजात पनि अनिवार्य गरिएको छ। प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा प्रदेशभित्रका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा सूचीकृत भएको प्रमाणसमेत पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन तयारीका क्रममा निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने सम्बन्धित निर्वाचन कार्यालयहरू पनि सञ्चालनमा आइसकेका छन्। यता, राजनीतिक दलहरूले समेत उम्मेदवार छनोट र आन्तरिक तयारीलाई तीव्रता दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?