National life

प्रतिनिधिसभा निर्वाचनमा ६ पूर्वअर्थमन्त्री मैदानमा, को कुन क्षेत्रबाट ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
792Shares
प्रतिनिधिसभा निर्वाचनमा ६ पूर्वअर्थमन्त्री मैदानमा, को कुन क्षेत्रबाट ?
ncell

काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा उत्रिने भएका छन्। आज मनोनयन दर्ताको अन्तिम दिन उनीहरूले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन्।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका अनुभवी पूर्वअर्थमन्त्रीहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।

Royal Enfield
nic asia capital
पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराई यसपटक पुनः चुनावी राजनीतिमा फर्किएका छन्। यसअघि निर्वाचन नलड्ने घोषणा गरेका भट्टराई गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट निर्वाचन लड्दैछन्। उक्त क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए। यस्तै, पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता वर्षमान पुन रोल्पाबाट उम्मेदवार बनेका छन्। उनी तेस्रो पटक सोही क्षेत्रबाट निर्वाचन लड्दैछन्। यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा पुन रोल्पाबाट विजयी भएका थिए।

एमालेका वरिष्ठ नेता तथा पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपटक रुपन्देही–२ बाट उम्मेदवारी दिँदैछन्। पौडेलले २०५६ सालदेखि निरन्तर सो क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्। गत निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए। आठ पटक मन्त्री बनेका पौडेलले तीमध्ये अधिकांश समय अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट पुनः निर्वाचनमा होमिएका छन्। यसअघि सो क्षेत्रमा वाम गठबन्धनलाई पराजित गर्दै उनी विजयी भएका थिए। कांग्रेसले यसपटक पनि कार्कीलाई सोही क्षेत्रबाट उम्मेदवार बनाएको हो।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिएका छन् । छन्। प्रचण्डसँग अलग भएर पार्टी निर्माण गरेका शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। रुकुम पश्चिमबाट उनी चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन्। पूर्वअर्थमन्त्रीहरूको उल्लेखनीय उपस्थितिले यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई थप चासोपूर्ण र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।











यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?