काठमाडौं । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले एकसाथ राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्प कमल दाहालको जिम्मेवारी बढेको छ । उनको हातमा एक साथ ८ मन्त्रालयको जिम्मेवारी आइपुगेको हो ।
यता एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए भने बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकिसकेको अवस्था छ।
बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पदबाट राजीनामा बुझाएका हुुन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् भने भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएर बाहिरीसकेका छन्।
































