काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा नेपाल र अमेरिकाबिचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जनाएका छन् ।
उनले अमेरिका नेपाल र अमेरिकाबिचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले बताएका छन्।
































