National life

प्रधानमन्त्री कार्कीद्वारा विपिनको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ कात्तिक २०८२, सोमबार
927Shares
प्रधानमन्त्री कार्कीद्वारा विपिनको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण
ncell

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् । आज (सोमबार) केहीबेर अघिमात्रै त्रिभुवन विमानस्थमा विपिनको शव ल्याइएको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रधानमन्त्री कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश आर्यालय र मन्त्रालयका अधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

विपिनको शव आज नै गृह जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित घरमा पठाइने तयारी रहेको छ ।

Royal Enfield
nic asia capital
कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार हुने बताइएको छ । अध्ययनको शिलसिलामा इजरायल पुगेका जोशीलाई युद्धको क्रममा हमासले नियन्त्रणमा लिएर लगेको थियो । हमासले बन्धक बनाएको विपिनको हत्या आजभन्दा दुई वर्ष अगाडि नै भएको शव परीक्षणबाट पत्ता लागेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
927SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?