National life
cg eloctronics

फागुन २१ निर्वाचन: एक करोड ७१ लाख बढी मतपत्र छपाइ सम्पन्न, कति छ बाँकी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ फागुन २०८२, शनिबार
935Shares
फागुन २१ निर्वाचन: एक करोड ७१ लाख बढी मतपत्र छपाइ सम्पन्न, कति छ बाँकी ?
ncell

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइ मात्र बाँकी रहेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ। हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। तीन दिनभित्र बाँकी मतपत्रसमेत छापिसक्ने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत पुस २२ गतेदेखि सुरु गरिएको छपाइ कार्यअन्तर्गत पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ र रुजुसहित ढुवानीको तयारी गरिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि मात्र दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ।

हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र ढुवानी प्रक्रिया पनि सुरु गरिएको छ। आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको छ। कर्णाली प्रदेशअन्तर्गत सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी भइरहेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।

निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले छपाइ, प्याकिङ र ढुवानीलाई तीव्रता दिएको छ। समयमै सबै प्रक्रिया सम्पन्न गरी निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गर्ने आयोगको तयारी रहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
935SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?