काठमाडौं। फागुन २१ मा चुनाव हुदैन भन्ने अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, अधिकारीलाई चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, ज्योतिष अधिकारीले फागुन २१ मा अनिष्ट हुने र चुनाव नहुने विषयमा अभिव्यक्ति दिएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार साँझ नियन्त्रणमा लिएर जिल्ला परिसरमा राखेको छ।































