National life

बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी मनाइँदै 

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१६ असोज २०८२, बिहिबार
1.1kShares
बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी मनाइँदै 
ncell

काठमाडौं। हिन्दु नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन विजयादशमी पर्व टीका–जमरा लगाएर मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

समितिले टीका लगाउँदा ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ र लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने परम्परा रहेको उल्लेख गरिएको छ । घटस्थापनाका दिन राखिएको घटको वैदिक अभिषेक गरी देवी दुर्गाको प्रसादस्वरूप टीका–जमरा लगाइने परम्परा छ ।

Royal Enfield
nic asia capital

साथै, यस दिन गुरु–पुरोहित, बा–आमा, हजुरबुबा–हजुरआमा, मान्यजन तथा ठूलाबडाबाट टीका–जमरा र प्रसाद ग्रहण गर्दै यश, ऐश्वर्य, दीर्घायु र कर्मशीलताको आशीर्वाद लिने गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत गरी पूजा गरेपछि यसपालिको दशैं पर्व औपचारिक रूपमा समापन हुनेछ । आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका–जमरा थाप्न सक्नेछन् । जमरा समृद्धिको प्रतीकको रुपमा समेत हेरिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?