National life

बलात्कार मुद्दा लागेका सिद्ध बाबालाई झिकाउन उच्च अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
434Shares
बलात्कार मुद्दा लागेका सिद्ध बाबालाई झिकाउन उच्च अदालतको आदेश
ncell

काठमाडौं । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जबर्जस्ती करणी मुद्दामा झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रतिवादी सिद्धबाबालाई झिकाउन आदेश दिएको हो । बलात्कार मुद्दामा गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।

जिल्लाको फैसलाविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो ।

कृष्णबहादुर गिरी माथि २०७६ कात्तिक ४ मा सुनसरीको चतरास्थित आश्रममा एक अनुयायीलाई जबर्जस्ती करणी गरेको अभियोग छ । काठमाडौँकी ती महिलाले आफ्नो उजुरीमा गिरीले आफ्नो कुटीमा बोलाएर करणी गरेको उल्लेख गरेकी छन् ।

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?