National life
cg eloctronics

बाढीले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असार २०८१, शनिबार
405Shares
बाढीले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो
ncell

सङ्खुवासभा । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।

मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी बाँधमा पानी भरिएको छ । अहिले उक्त बाँधमा पानी भरिएर करिब ७ सय मिटरको ताल बनेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिए।

फ्याक्सिन्दामा बाँध निर्माणको लागि ४२९ मिटरको डाइभर्सन टनेल निर्माण गरिएको थियो । उक्त टनेल भित्र बाढीले बगाएर ल्याएको ढुङ्गा तथा काठको लकडीले थुनिएको हुनसक्ने अध्यक्ष शेर्पाले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पानीलाई टनेल तर्फ पठाउनको लागि बनाइएको बाँध अहिले भरिने क्रममा रहेका अध्यक्ष शेर्पाले जानकारी दिए। उक्त बाँध भरिएपछि माथिबाट पानी बग्नेछ । बाँध भत्किए फ्याक्सिन्दा मुनीको तटीय क्षेत्रको बस्तीमा जोखिम रहेको उहाँले बताए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?