National life

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
770Shares
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । राष्ट्र बैंकले अधिक तरलता कायमै भएपछि आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरुले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

Royal Enfield
nic asia capital

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ । संकलित निक्षेपको सावा ब्याज भुक्तानी पुस ९ गतेलाई तोकिएको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?