National life

ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीको माफी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.2kShares
ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीको माफी
ncell

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रशारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ ।

डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट भएको गल्ती स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभागमा दर्ता नं. ४५२४–२०८०–२०८१ तथा प्रेस काउन्सिल नेपालमा सूचीकृत दर्ता नं.

Royal Enfield
nic asia capital
४५०६ अन्तर्गत दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लि.ले सत्यतथ्य जाँच नगरी सामग्री प्रशारण गरिएको स्वीकार गरेको छ ।

कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रशारण गरिएको थियो । ती सामग्रीहरू केही व्यक्ति तथा विद्यार्थीहरूबाट आएको दबाब र सूचनाको आधारमा तयार गरिएको डाँफे मिडियाको भनाइ छ ।

पत्रमा भनिएको छ, “यस कार्यको पूर्ण जिम्मेवारी डाँफे मिडियाले लिन्छ । यसलाई हामी आफ्नै गल्ती तथा गलत कार्यका रूपमा स्वीकार गर्दछौं ।” साथै, कलेजको व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई पर्न गएको मानसिक, सामाजिक तथा संस्थागत असरप्रति हार्दिक र निःशर्त माफी मागिएको छ ।

यसअघि द ब्रिटिश कलेजलाई धम्क्याएर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेका विवेक ढकालले समेत डाँफे मिडियाको नाम लिएको प्रसंग सार्वजनिक भएको थियो । कलेजका पूर्व विद्यार्थी ढकालले अनुचित आर्थिक लाभ लिनको लागि मिडिया प्रयोग गरेका थिए । हाल प्रहरी हिरासतमा रहेका ढकालविरूद्ध मुद्दा चलिरहेको छ ।

त्यस्तै, कलेजविरूद्ध भ्रम फैलाउँदै आएकी प्रियंका नेपाल, सजिना खड्काले पनि डाँफे मिडियालाई गलत सूचना दिएको बताइएको छ । अरूको कुरालाई सत्य मान्दा मिडियाले गल्ती गरेको पत्रमा उल्लेख छ ।

सुधारात्मक कदमस्वरूप डाँफे नेपाल मिडियाले द ब्रिटिश कलेजसँग सम्बन्धित सम्पूर्ण भिडियो तथा सामग्रीहरू आफ्ना सबै डिजिटल प्लेटफर्मबाट हटाउने निर्णय गरेको जनाएको छ ।

स्रोतको अनुसार प्रियंका नेपालले कलेजसँग ठूलो रकम असुली गर्ने उदेश्यले केही व्यक्ति तथा मिडियालाई प्रयोग गर्न खोजेकी थिइन् । उनी अहिले पनि सोही खालका गतिविधिहरुमा संलग्न रहेको पाइएको छ । कलेजको पहिलो वर्षकी विद्यार्थी प्रियंका दुबई नपुगी त्यहाँ अध्ययन गर्न पुगेका केही विद्यार्थीहरुलाई भड्काएर नेपाल फर्काएकी थिइन् । काठमाडौँको केही कलेजबाट उनी कारबाहीमा परेर निष्काशनमा परेकी विद्यार्थी रहेको पाइएको छ ।

अमेरिका तथा अस्ट्रेलियाको भिसा रिजेक्ट भएपछि उनी नेपालमै पढ्न थालेकी हुन् । त्यसक्रममा ब्रिटिश कलेजमा भर्ना भएकी हुन् पछि उनले आफैले अध्ययन गरेको कलेजका शिक्षक, कर्मचारी, संचालक तथा उनकै सहपाठीहरुलाई अभद्र व्यवहार समेत गरेकी छिन् । हाल उनी कलेजबाट निलम्बित छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?