National life

भैरहवा भन्सार कार्यालयबाट राजस्व संकलनमा सुधार, तीन महिनामा करिब २८ अर्ब संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
944Shares
भैरहवा भन्सार कार्यालयबाट राजस्व संकलनमा सुधार, तीन महिनामा करिब २८ अर्ब संकलन
ncell

काठमाडौं । दुई महिनाअघि भएको आन्दोलनका क्रममा जलाइएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले राजस्व संकलनमा उल्लेखनीय सुधार गरेको छ। आगजनीपछि अस्थायी रूपमा पाल टाँगेर सेवा पुनःसुरु गरेको कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

यो संकलन भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत बराबर हो। भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार, चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनाका लागि कार्यालयलाई कुल २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएको थियो।

Royal Enfield
nic asia capital
उनका अनुसार साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भए पनि, भदौ र असोजमा लक्ष्य अपूर्ण भने अपुरो देखिएको छ ।

“जेन–जी आन्दोलनपछि भएको आगजनी र तोडफोडका कारण प्रारम्भिक चरणमा कार्यालय सञ्चालनमा कठिनाइ भयो,” प्रमुख न्यौपानेले बताए, “त्यसमाथि लगातारका पर्व  दसैं, तिहार र छठका कारण आयात घट्दा राजस्व लक्ष्यमा केही कमी देखियो।”

 तीन महिनाको राजस्व संकलन विवरणः

साउन: लक्ष्य ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार, संकलन ९ अर्ब २ करोड ९३ लाख ३४ हजार

भदौ: लक्ष्य ९ अर्ब ७० करोड ६३ लाख, संकलन ९ अर्ब ४३ करोड ९४ लाख २४ हजार

असोज: लक्ष्य १० अर्ब १ करोड ७४ लाख, संकलन ९ अर्ब २८ करोड ६७ लाख २० हजार

प्रमुख आयात वस्तुहरू

भन्सार कार्यालयका अनुसार पछिल्लो तीन महिनामा मोटरसाइकल सबैभन्दा बढी आयात भएको वस्तु हो। त्यसपछि जिप, कार र भ्यान, पेट्रोल, विद्युतीय सवारीसाधन, एलपी ग्यास, अलकत्रा बिटुमिन, एमएस बिलेट, सुपारी, चकलेट, र स्पोन्ज तथा फेरस आइरन मुख्य आयात वस्तुका रूपमा रहेका छन्।

भन्सार प्रमुख न्यौपानेका अनुसार, राजस्व संकलनमा यी शीर्ष १० वस्तुको योगदान ५० प्रतिशतभन्दा बढी रहेको छ। आगजनी र तोडफोडबाट क्षतिग्रस्त कार्यालय परिसरमा अस्थायी सेवा सञ्चालन भइरहे पनि भन्सारको कार्यक्षमता क्रमशः सुधार हुँदै गएको उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?