National life
cg eloctronics

भैरहवा राजस्व कार्यालयले चार महिनामै लक्ष्यभन्दा १ अर्ब १५ करोड बढी संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०५ मंसिर २०८२, शुक्रबार
439Shares
भैरहवा राजस्व कार्यालयले चार महिनामै लक्ष्यभन्दा १ अर्ब १५ करोड बढी संकलन
ncell

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लक्ष्यभन्दा धेरै राजस्व उठाउँदै उल्लेखनीय प्रगति गरेको छ। चार महिने अवधिका लागि ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व लक्ष्य तोकेको कार्यालयले कात्तिक मसान्तसम्ममा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ संकलन गर्न सफल भएको हो।

कार्यालयका प्रमुख प्रेमराज पोखरेलका अनुसार लक्ष्यभन्दा करिब १ अर्ब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुनु राजस्व प्रशासनको कार्यदक्षता, करदाताको दायरा विस्तार र सुधारिएको सेवाप्रवाहको मुख्य उपलब्धि हो।

पोखरेलले राजस्व संकलनमा अन्तःशुल्कको योगदान सबैभन्दा ठूलो रहेको बताए। मदिरा, चुरोट, गुट्खा, पेट्रोलियम पदार्थलगायत वस्तुमा अन्तःशुल्क संकलन प्रभावकारी रूपमा बढेपछि राजस्व वृद्धि उल्लेख्य देखिएको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको यस्तै अवधिमा भैरहवा कार्यालयले ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। चालु वर्ष त्यही अवधिको तुलनामा राजस्व वृद्धि दर उच्च गतिमा उक्लिएको कार्यालयको मूल्यांकन छ।

कार्यालयका अनुसार करदातालाई प्रदान गरिने सेवामा सहजता, दर्ता तथा नवीकरण प्रक्रिया व्यवस्थित बनाउनु, तथा राजस्व सचेतना कार्यक्रम विस्तार गर्नुजस्ता उपायहरूले राजस्व वृद्धि दर बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्। आगामी महिनाहरूमा पनि लक्ष्यअनुसार राजस्व संकलन कायम रहने कार्यालयको अपेक्षा छ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?