काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको सञ्चालक समितिको ३१०औँ बैठकले सञ्चित मुनाफा र सोही वर्षको वित्तीय प्रतिवेदनको आधारमा हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बराबर लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापूँजी रु १ अर्ब ३५ करोड १५ लाख रहेको छ। यसअनुसार करिब रु २० करोड २७ लाख बराबरको नगद लाभांश वितरण गरिनेछ।
सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।


































