National life

मतदानपछि प्रधानमन्त्री कार्कीको प्रतिक्रिया: ‘हामीले हाम्रो कर्तव्य पूरा गर्‍यौं'

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२१ फागुन २०८२, बिहिबार
845Shares
मतदानपछि प्रधानमन्त्री कार्कीको प्रतिक्रिया: ‘हामीले हाम्रो कर्तव्य पूरा गर्‍यौं'
ncell

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि आफूलाई प्राप्त संवैधानिक कर्तव्य पूरा गरेको बताएकी छन्।

काठमाडौंको धापासी हाइटस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, “हामीलाई दिएको कर्तव्य पूरा गर्‍यौं। म आज खुसी छु। देशमा निर्वाचन सम्पन्न भइरहेको छ, यो लोकतन्त्रका लागि सकारात्मक संकेत हो।”

Royal Enfield
nic asia capital

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै नागरिकलाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह समेत गरिन्। उनले निर्वाचन लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ भएको उल्लेख गर्दै जनमतबाटै मुलुकको भावी दिशा तय हुने बताइन्।

भदौ २३ र २४ गते भएका प्रदर्शनपश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिकै दिन प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो।

राजनीतिक उतारचढाव र सडक आन्दोलनपछिको अवस्थालाई संवैधानिक प्रक्रियामार्फत समाधान गर्ने उद्देश्यले घोषणा गरिएको यो निर्वाचनलाई राजनीतिक स्थायित्व र नयाँ जनादेशका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?