National life

मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित, रोकियो ओपिडी सेवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
667Shares
मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित, रोकियो ओपिडी सेवा
ncell

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएको खबर प्राप्त भएको छ । स्वास्थ्यकर्मीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका सूचना प्राप्त भएको हो ।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग स्वास्थ्यकर्मीले गरेका छन् । त्यस्तै, शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न पनि उनीहरुको माग छ ।

Royal Enfield
nic asia capital

गत ३ जेठमा मेडिकल अधिकृत डाक्टर ब्रोमिस बुढाथोकी र ७ जेठमा डाक्टर अनिलकुमार यादवमाथि अस्पतालभित्र हातपात भएको थियो । त्यसको विरोधमा मंगलबार स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए ।

घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेर आन्दोलित बनेको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?