National life

मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड, राजनीतिक तनाव उत्कर्षमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
931Shares
मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड, राजनीतिक तनाव उत्कर्षमा
ncell

काठमाडौं । मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा आज तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)का सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट सांसदहरूको एक समूहले कार्यालयमा तोडफोड गरेको हो।

संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। सो नियुक्तिविरुद्ध असन्तुष्ट सांसदहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको सम्पत्ति तोडफोड गरेका हुन्।

Royal Enfield
nic asia capital

तोडफोडमा संलग्न रहेका सांसदहरूलाई लोसपाका सांसद उपेन्द्र महतोले सरकारी सम्पत्ति नष्ट नगर्न आग्रह गर्दै रोक्ने प्रयास गरेका थिए। यद्यपि, स्थिति नियन्त्रणमा आउन केही समय लागेको जानकारि प्राप्त भएको छ ।

प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराएकी थिइन्। सो घटनापछि बिहानैदेखि जनकपुरस्थित मधेश भवन परिसरमा तनावपूर्ण अवस्था कायम भएको छ।

मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गर्न आउने सूचना पाएपछि अन्य दलका सांसद र कार्यकर्ताले प्रवेशद्वारमै रोकेर विरोध गरेका छन्। सो क्रममा प्रदेश भवन वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। नवनियुक्त मुख्यमन्त्री यादवले सपथसँगै तीन जना मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

मन्त्री बनेकामा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा, र संघीय समाजवादी पार्टी नेपालकी बिमला अन्सारी रहेका छन्। राजनीतिक अव्यवस्थासँगै मधेश प्रदेशमा सत्ता गठन प्रक्रिया फेरि विवादमा परेको छ।

यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?