National life

मध्यम वर्षासहित हिमपातको सम्भावना,सतर्कता अपनाउन महाशाखाको अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|११ कात्तिक २०८२, मङ्गलबार
942Shares
मध्यम वर्षासहित हिमपातको सम्भावना,सतर्कता अपनाउन महाशाखाको अनुरोध
ncell

काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण रातिदेखि देशका केही ठाउँमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात भएको हो ।

आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना पनि छ ।

Royal Enfield
nic asia capital

आज राति गण्डकीका केही स्थान, बागमती, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ । गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

तसर्थ, सम्भावित हिमपातरवर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?