National life

मध्यरातमा धादिङको त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु , २४ घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
933Shares
मध्यरातमा धादिङको त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु , २४ घाइते
ncell

काठमाडौं पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग बाट तल खस्दै त्रिशूली नदी मा पुगेको हो।

हालसम्म दुर्घटनामा परेर मृत्यु भएका १७ जनाको शव निकालिएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार घाइते २४ जनालाई तत्काल उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। साथै, उक्त बस दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये ३ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

Royal Enfield
nic asia capital
मृतक तथा घाइतेको सनाखत गर्ने काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

तीनै सुरक्षा निकायको संयुक्त उद्धार

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटिएको छ। तीव्र बहाव रहेको नदी र अँध्यारो समयका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाट बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा टोली परिचालन गरिएको छ। साथै बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरसहितको विशेष टोली खटिएको जनाइएको छ।

हालसम्म दुर्घटनाको ठोस कारण खुलेको छैन। प्रारम्भिक अनुमान अनुसार तीव्र गति, सडकको अवस्था वा चालकको नियन्त्रण गुम्नु सम्भावित कारण हुन सक्ने भए पनि आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?