National life

मन्त्रिमण्डल पुनर्गठन: तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
509Shares
मन्त्रिमण्डल पुनर्गठन: तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज सोमबारका दिन मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग नयाँ गठबन्धन गरेका थिए ।

पुनर्गठित मन्त्रिपरिषद्‌का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

Royal Enfield
nic asia capital

उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहनुभएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?