काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको सिफारिस गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरिएको सिफारिस अनुसार नयाँ मन्त्रीहरूले भोली नै सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने सम्भावना रहेको छ।
नयाँ मन्त्रिपरिषद् सदस्यहरूमा विविध पृष्ठभूमिका व्यक्तित्व समेटिएका छन्।
-
मदन परियार – कृषि मन्त्रालय
जगदीश खरेल – सञ्चार मन्त्रालय (पत्रकार)
अनिलकुमार सिन्हा – उद्योग मन्त्रालय (पूर्व सर्वोच्च न्यायाधीश)
संगीता कौशल मिश्र – स्वास्थ्य मन्त्रालय (पूर्व अतिरिक्त सचिव)
महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
यस विस्तारलाई विशेष महत्वका साथ हेरिएको छ।
यस्तै, पत्रकार जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइनु सञ्चार–मिडिया क्षेत्रमा प्रत्यक्ष अभ्यास गरेका व्यक्तिलाई नेतृत्वमा ल्याउने नयाँ प्रयोगका रूपमा लिइएको छ। स्वास्थ्य र उद्योग मन्त्रालयमा प्राविधिक तथा न्यायिक पृष्ठभूमिका व्यक्तिहरूलाई जिम्मेवारी दिइनुले सुशीला कार्कीको मन्त्रीपरिषद् विविधतापूर्ण र अनुभवसम्पन्न बनाउन खोजिएको संकेत गर्दछ।
राजनीतिक रूपमा यो विस्तारले कार्की सरकारलाई सुदृढ गर्ने प्रयास त हो नै, साथै नीतिगत निर्णय र कार्यान्वयनमा व्यावसायिकता जोड्ने अपेक्षा पनि गरिएको छ।

































