National life
cg eloctronics

मन्त्री कुलमान घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८२, आइतबार
1.2kShares
मन्त्री कुलमान घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको आज बिहान स्थलगत अवलोकन गरेका छन्।

मन्त्री घिसिङले अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा कनकाई तथा विरिङ नदीले पुर्‍याएको क्षतिको निरीक्षण गर्दै प्रभावित पुल, सडक र बस्तीको अवस्थाको प्रत्यक्ष मूल्याङ्कन गरेका थिए। विशेष गरी बुट्टाबारीबाट सालबारी हुँदै चियापानी हुँदै कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको अवस्थालाई उनले ध्यानपूर्वक अवलोकन गरेका छन्।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँका अनुसार मन्त्री घिसिङले हुलाकी सडकखण्डअन्तर्गत कनकाईमाई खोलामा निर्माणाधीन पुल र वर्षाका कारण दबिएको सानोमाई पुलको अवलोकन गरेका थिए। साथै, उनले प्रभावित क्षेत्रका बासिन्दासँग सङ्क्षिप्त अन्तरक्रिया गरी उनीहरूको अवस्था बुझेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री घिसिङले अवलोकनको क्रममा प्रभावित क्षेत्रको तत्काल उद्धार, सडक तथा पुल मर्मत र दीर्घकालीन पूर्वाधार सुधारका आवश्यक कदमहरू चाँडो उठाउने प्रतिबद्धता जनाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?