National life

मलेखु–मुग्लिन सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
960Shares
मलेखु–मुग्लिन सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
ncell

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डमा सोमबार राति सुख्खा पहिरो खस्दा दुईतर्फी यातायात बन्द भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, बाँदरेमोडमा पहिरो खसेपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

हाल पहिरो पन्छाउने काम सुरु भए पनि दिनभर लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ। साथै यात्रुहरूलाई पायक पर्ने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

Royal Enfield
nic asia capital

यसअघि मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार खसेको पहिरोका कारण झन्डै तीन दिन यातायात अवरुद्ध भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?