काठमाडौं।नेपाली कांग्रेसले एमाले र माओवादीसहितको गठबन्धन बन्न नदिन भित्रि रुपमा ठुलो कसरत गरिरहेको खुलासा भएको छ।माओवादीलाई एक्लाउनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्री बनाउने प्रास्ताव गरेको ओली निकट एक नेताले बताए।
यस अघि माओवादीले पटक पटक एमाले र कांग्रेसलाई धोका दिएका कारण एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्दै भित्रि रुपमा माओवादीका कटर बिरोधी नेताहरुले छलफल चलाइरहेको बिशेष स्रोतले जनाएको छ।
स्रोतका अनुसार देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी,लिङ्देन र नेपालसमक्ष प्रचण्ड गठबन्धनको सरकारमा सहभागी नहुन पटक पटक विभिन्न माध्यम मार्फत सन्देश पाठइरहेका छन् ।नेकपा एकीकृत समाजवादीलाई अर्थ वा गृह मन्त्रालय दिएर भए पनि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउने कसरत भइरहेको कांग्रेस निकट एक नेताले आर्थिक भ्वाईसलाई बताए ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मागेको जति मन्त्रालय दिएर भए पनि फकाउने कसरत भइरहेको स्रोतले जनाएको छ।

































